मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा भट्टराई

पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा भट्टराई


काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी मंगलबार सञ्चालनसमेत गरेका छन् ।  
 
जडीबुटीस्थित एक पार्टी प्यालेसमा मंगलबार आयोजित पार्टीको विस्तारित बैठकमा उनले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाएका छन् । उनले पार्टी पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका कारण यस्तो भएको जिकिर ती बुँदाहरुमा गरेका छन् ।  
 
वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा भट्टराईले अध्यक्ष यादवसमक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाएका छन् । उनले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाएका छन् ।  
 
बैठकका आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले जसपाको वैधानिक बहुमत रहे या नरहेपनि पार्टीको पुनःगठन अनिवार्य र अपरिहार्य रहेको दाबी गरेका छन् । 
 
यही विस्तारित बैठकले पार्टीको पुनःगठन कसरी गर्ने भन्नेबारेमा ठोस र मूर्त निर्णय गर्ने अधिकार दिएको पनि प्रतिवेदनमा उनले उल्लेख गरेका छन् । रासस