Notdelhi. जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेको पश्चिमी जापानको नारा शहरमा निर्वाचन अभियानका लागि भाषण गर्दै गर्दै गर्दा शुक्रबार गोली हानी हत्या गरिएकोमा भत्सर्ना गर्दै आबेको सम्मानमा भारतले जुलाई ९ (शनिबार) एक दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आबेको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटमा भनेका छन् । “जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेप्रति हार्दिक सम्मान प्रकट गर्दै भारतले ९ जुलाई २०२२ मा एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । ”
“मेरा एक प्रिय मित्रको दुःखद निधनप्रति स्तब्ध भएको छु । उहाँको निधनले मेरो पीडालाई मैले शब्दमा व्यक्त गर्न सकिरहेको छैन । ” शिन्जो आबे विश्वकै नेता तथा कुशल प्रशासक हुनुहुन्थ्यो । उहाँले जापान र विश्वलाई थप राम्रो बनाउन आफ्नो जीवन समर्पण गर्नुभयो । ”
यसैबीच, भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले जापानका पूर्वप्रधानमन्त्री आवेलाई आफ्नो असल साथीको रुपमा स्मरण गरेका छन् ।
उनले आफ्ना असल साथीको निधनले आफूलाई अत्यन्त मर्माहत गराएको उल्लेख गर्दै आवेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । आफू प्रधानमन्त्री भएको बेला उहाँसँग धेरै काम गर्ने अवसर जुरेको र सधैँ सकारात्मक पाएको स्मरण सिंहले गरेका छन् ।
भारतका लागि जापानका राजदूत सन्तोषी सुजुकीमार्फत् उनले पठाएको शोक वक्तव्यमा उनीसँगको सहयोगमा भारत र जापानबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गरेका छन् ।
जापानको पश्चिमी शहर नारामा चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि आक्रमण भएपछि उनलाई हतार हतार अस्पताल पु¥याइएको थियो । अधिकारीहरूलाई उद्धृत गर्दै प्रारम्भिक समाचारमा जापानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पूर्व जापानी प्रधानमन्त्रीलाई छातीमा गोली हानिएको बताएका थिए । तिनीहरूले उनको अवस्थालाई ‘कार्डियोपल्मोनरी अट्याक’ जस्तै देखिएको बताएका थिए ।
जापानी स्थानीय समय अनुसार दिउसो ५ः०३ बजे उनको निधन भएको थियो । उनको घाँटीमा दुईवटा गोली लागेको बताइएको छ । ANI
प्रतिक्रिया