मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, अवस्था गम्भीर


टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेको अवस्थामा उनलाई शुक्रबार बिहान गोली हानिएको हो ।
 
सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उनलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उनलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उनी अहिले बेहोस अवस्थामा रहेको पनि यहाँका मिडियाले जनाएका छन् ।
 
नाराको स्थानीय प्रहरीले उनलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् ।
 
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ । सिन्हवा 

शेयर गर्नुहोस:

108
Shares