मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जोनसनद्वारा दलको नेता र प्रधानमन्त्री पदबाट राजीनामा

जोनसनद्वारा दलको नेता र प्रधानमन्त्री पदबाट राजीनामा


ण्डन । संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन् । 
 
श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रिपरिषदमा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गरेका हुन् । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेशमन्त्री लिज ट्रसले बिहीबार सबैलाई शान्त र एकतावद्ध बनेर अघि बढ्न आह्वान गरेका छन् ।  
 
उनले बालीबाट ट्वीट गर्दै भने, “प्रधानमन्त्रीले सही निर्णय गर्नुभएको छ । जोन्सनको नेतृत्वमा रहेको सरकारले ब्रेक्जिट, कोभिड–१९ विरूद्धको खोप विकास र वितरण तथा युक्रेनलाई समर्थन गर्नेजस्ता धेरै उपलब्धिहरू हासिल गरेको छ । हामीलाई अहिले शान्ति र ऐक्यबद्धताको आवश्यकता छ । नयाँ नेता चयन गर्दासम्म उहाँको नेतृत्व कायम रहनेछ ।” 
 
अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनुअघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ । चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि जोनसनलाई राजीनामाका लागि चर्को दबाब सिर्जना भएको थियो ।
 
यसअघि बुधबार उनले बेलायती संसद्को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट ‘व्यापक जनादेश’ पाएको र त्यो ‘जारी रहने’ बताएका थिए ।  
 
अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा परेका थिए । यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए ।
 
उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भएको थियो र बुधबार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए ।
 
यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उनी पदबाट हट्नुपर्ने बताएका थिए । एएफपी