मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित


सिड्नी । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाउँ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । 
 
अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थानतर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन् । झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन् ।
 
पछिल्लो चार दिनमा झण्डै आठ महिनामा पर्ने वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् ।
 
बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन् । ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपतकालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ ।
 
जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई वेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरूले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ । एजेन्सी