मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

कांग्रेस नेता रिजालद्वारा एनआरएनए अमेरिकाको साधारण सभाका लागि शुभकामना सन्देश

कांग्रेस नेता रिजालद्वारा एनआरएनए अमेरिकाको साधारण सभाका लागि शुभकामना सन्देश

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मीनेन्द्र रिजालले अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले सहरमा जुलाई ३ र ४ तारिखमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ११औँ साधारण सभामा अतिथिको रुपमा आमन्त्रण गरेकोमा आभार व्यक्त गरेका छन् । 

विशेषगरी विज्ञ भेलामा छलफल गरिने विषयमा आफ्नो गहिरो अभिरुची रहँदा रहँदै पनि व्यक्तिगत र पारिवारिक भ्रमणको कारण साक्षात्कार गर्न र अनुभव साट्न अनुकूल नमिलेको बताएका छन् ।

उनले संविधानले व्यवस्था गरेको गैरआवासीय नागरिकताको विषयलाई चालू संसद् अधिवेशनबाट टुंगोमा पुर्‍याउन आफ्नो व्यक्तिगत र नेपाली कांग्रेस प्रतिबद्ध रहेको आफ्नो शुभकामना सन्देशमार्फत व्यक्त गरेका छन् । 

अमेरिकाबाट उल्लेख्यरुपमा विप्रेषण आम्दानी पठाएर नेपालको अर्थतन्त्र, राजस्व र परिवत्र्य विदेशी मुद्रा सञ्चितीमा योगदान पुर्‍याएकोमा उनले प्रशंसा गरेका छन् । 
नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको स्मरण गर्दै उनले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबाट मातृभूमिले धेरै आशा र अपेक्षा गरेको आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 
साथै, संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा सबैप्रति बधाई ज्ञापन गर्दै एनआरएनएको साधारण सभाको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।