मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

तपाई नर्थ क्यारिलोनामा कि ड्यालस ?

तपाई नर्थ क्यारिलोनामा कि ड्यालस ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाजुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस अमेरिकामा यो लामो बिदा भएको साता हो । यही साता सवैभन्दा वढी अमेरिकीहरु घुम्न निस्कन्छन् । अमेरिकामा वस्ने नेपालीहरु पनि कोही घुम्न निस्केका छन् कोही सम्मेलनको बहानामा  नर्थ क्यारिलोना, टेक्सस ड्यालस लागेका छन् । सानो सानो समुहमा पिकनिक पनि भएका छन् ।
 
नर्थ क्यारिलोनामा आइतवार र सोमवार एनआरएनए  एनसीसी अमेरिकाको ११ औं साधारण सभा हुदैं छ । सगैं विज्ञ सम्मेलन पनि हुदैं छ । टेक्सस ड्यालसमा शनिवार एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को सम्मेलन उद्घाटन भयो । एनआरएनए एनसीसी अमेरिकासंग चित्त नवुझेको एउटा समुहले ड्यालसमा छलफल गर्न भेला डाकेको छ ।
 
यी सम्मेलनप्रति आमनेपाली समुदायको चासो छ त ? यसको उत्तरमा धेरैले भन्छन् खासै छैन । मञ्च हुन्छ, भाषण गरिन्छ । छलफलका लागि सेसन राखिन्छ । तर, सेसनमा भन्दा हल वाहिर गफगाफमै धेरैले रमाइलो मानेका हुन्छन् । एनआरएनए अमेरिकाले आयोजना गरेको विज्ञ सम्मेलनमा पनि हुने त्यही हो । एएनएको फोरममा पनि यस्तै भयो । उद्घाटन सकिएपछिका फोरममा सहभागिता निकै पातलो थियो । विगतका उदाहरणले पनि विज्ञ सम्मेलनवा केही उपलव्धि होला भन्ने देखिदैंन ।
 
एनआरएनए अमेरिका अहिले पनि विवाददै विवादमा आउने गरेको छ । नेपाली समुदायले उठाओस भन्ने चाहेका विषयहरु प्रभावकारी रुपमा अगाडी ल्याउन सकेको छैन ।
 
नर्थक्यारिलोना सम्मेलनमा एनआरएनएका तिन जना मध्ये एक अध्यक्ष कुल आचार्य पनि सहभागी हुदैं छन् । यो अवसरमा एनआरएनए आईसीसी र एनआरएनए एनसीसी अमेरिका विच सहकार्यको समझदारी पत्रमा हस्ताक्षर गर्ने कुरा उठेको छ ।  अमेरिकामै रहेका एनआरएनए आईसीसीका पदाधिकारी नर्थ क्यारिलोना नगएकाले यो सम्झदारी भई हालेपनि विवाद नआउला भन्ने छैन । त्यहां हुल छ । विवाद भित्रिहाल्छ ।
 
एनआरएनए आईसीसी जुन रुपमा छ यो विवादको मेसिन जस्तै हो । त्यहां जात्रा छ । यो जात्रा अमेरिकामा सम्म पनि आईपुगेको छ । आईसीसीका क्षेत्रिय संयोजक एउटाले एनआरएनए अमेरिकाको कार्यसमितिलाई बर्खास्त गरेका छन् । अर्का क्षेत्रिय संयोजकले होइन भनेका छन् । यी दुवै लिखित रुपमा सार्वजनिक भएर आएका छन् । यो के हो के हो ।
 
एनआरएनए अमेरिका सदश्यताका हिसावले एनसीसी मध्ये सवैभन्दा ठुलो हो ।  एनआरएनए अमेरिकाले आईसीसीले देखाएको जात्रालाई चुनौती दिनु पर्ने हो । तर, यो हुन सकेको छैन । नर्थ क्यारिलोनामा भएको भेलाले आईसीसीले देखाएको जात्रामा खवरदारी गर्न सकेन भने एनआरएनए अमेरिका भित्र पनि विवाद भईरहन्छ । यस्ता जात्रालाई वर्तमान नेतृत्वले चुनौती दिन सकेको छैन । असफल छ ।
 
अमेरिकामा भित्र र वाहिर पनि एनआरएनए एनसीसी अमेरिका कमजोर होस भन्ने छ । यो बलियो नहोस भन्ने छ । तर, जानेर वा जानेर एनआरएनए अमेरिकाको नेतृत्वले यस्तो चाहना राख्नेलाई चुनौती दिन सकेको छैन । बरु त्यही भुलभुलैयामा चलिरहेको छ । व्यवसायीक प्रतिस्पर्धा, को शक्तिशाली बन्ने भन्ने खाक्रो चाहानाले यहां काम गरेको छ । जसले आफुलाई एनआरएनए अमेरिका भित्र शक्तिशाली गुट ठानिरहेका छन् । ति यर्थाथमा शक्तिशाली छैनन् । नेपाली समुदायले शक्तिशाली छु मेरो वरिपरि एनआरएनए अमेरिका घुम्छ भन्नेको यर्थाथ वुझ्न थालेका छन्  । यस्ता भ्रममा वस्नेलाई विस्तारै वेवास्ता गर्दै छन् । यसको पनि उकुस मुकुस छ ।
 
अमेरिकामा वस्ने आम नेपाली समुदायका थुप्रै मुद्दा छन । मुख्य त विदेशमा वस्ने नेपाली समुदाय प्रति नेपालमा सरकार, राजनीतिक पार्टी र आम समुदायले हेर्ने दृष्टिकोणलाई परिवर्तन गराउनु पर्ने चुनौती छ ।
 
नेपालले विदेशमा वसेर कमाएर पठाउनेको रेमिट्यान्सको सुविधा उपयोग गरेको छ । तर, विदेशमा वस्ने नेपालीप्रति वेवास्ता गर्दै आएको छ । नेपाली नागरिकताको निरन्तरताको मुद्दा छ । विदेशमा वस्ने नेपालीले नेपालमा लगानी गर्दाका समस्या छन् । नेपाल जांदा आफ्नै पुरानो गहना फिर्ता लैजादा समेत झमेला छ । एउटा नयां टिभी लैजादां भन्सारमा इन्ची टेप लिएर सरकारी कर्मचारी वसेका हुन्छन् । शेयरबजारमा विदेशमा वस्ने नेपालीलाई लगानी गर्न विभिन्न झमेला छन् । यसले गर्दा कयौं नेपालीले अमेरिकाको शेयर बजारमा लाखौं डलर लगाएका छन् । एनआरएनए एनसीसी अमेरिकाले यस्ता कुरालाई राम्रोसंग  वुझाउन सक्नु पर्ने हो । तर, सकेको छैन । यहां दौडधुप देखिन्छ तर, उपलव्धि देखिदैंन ।
 
एकै पटक तिनवटा भेला किन गुर्न पर्यो भन्ने प्रश्न पनि छ । हामी त यस्तै नै हो भन्ने पारालाई समुदायले विस्तारै तिरस्कार गर्दै छ । सवैभन्दा राम्रो यो वुझ्ेर अगाडी वढ्दा सवैको हितमा काम हुन्छ । तपाई नर्थ क्यारिलोनामा हो कि डलासमा भन्ने प्रश्न सोध्नुपर्ने मौका नदिदांनै अर्थ हुन्छ ।