मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना

भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना


याँ दिल्ली । भारतले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा धार्मिक स्वतन्त्रताका विषयमा गरेको पक्षपाती र गलत टिप्पणी आलोचना गरेको छ । 
 
भारतको विदेश मन्त्रालयका अनुसार उक्त आयोगको टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा  एवं बहुलताको विषयको बुझाइमा कमी रहेको टिप्पणी गरेको छ ।  
 
हामीले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता (युएससीआईआरएफ) सम्बन्धी अमेरिकी आयोगले भारतको पक्षपाती र गलत टिप्पणीहरू उल्लेख गरेको देखेका छौं,ू भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शनिबार साँझ एक मिडिया प्रश्नको जवाफमा  सो कुरा भनेका छन् ।
 
यी टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा, यसको बहुलता र यसको लोकतान्त्रिक नैतिकताको गम्भीर कमीलाई प्रतिबिम्बित गर्दछ। शनिबार युएससीआईआरएफले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्ना आयुक्त डेभिड करीलाई उद्धृत गर्दै आयोग भारत सरकारको आलोचनात्मक आवाजहरू (विशेष गरी धार्मिक अल्पसंख्यकहरू र उनीहरूका लागि वकालत गर्नेहरूको निरन्तर दमनप्रति चिन्तित छ, भनिएको छ । 
 
प्रवक्ता बागचीले  भनेका छन्, दुःखको कुरा आयोगले आफ्नो एजेन्डाअनुसार आफ्नो कथन र प्रतिवेदनहरूमा बारम्बार तथ्यहरूलाई गलत ढङ्गले प्रस्तुत गरेको छ। त्यस्ता कार्यहरूले आयोगको विश्वसनीयता र उद्देश्यको बारेमा चिन्तित तुल्याएको छ । एजेन्सी