मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना

भारतद्वारा धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना


याँ दिल्ली । भारतले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा धार्मिक स्वतन्त्रताका विषयमा गरेको पक्षपाती र गलत टिप्पणी आलोचना गरेको छ । 
 
भारतको विदेश मन्त्रालयका अनुसार उक्त आयोगको टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा  एवं बहुलताको विषयको बुझाइमा कमी रहेको टिप्पणी गरेको छ ।  
 
हामीले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता (युएससीआईआरएफ) सम्बन्धी अमेरिकी आयोगले भारतको पक्षपाती र गलत टिप्पणीहरू उल्लेख गरेको देखेका छौं,ू भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शनिबार साँझ एक मिडिया प्रश्नको जवाफमा  सो कुरा भनेका छन् ।
 
यी टिप्पणीहरूले भारत र यसको संवैधानिक ढाँचा, यसको बहुलता र यसको लोकतान्त्रिक नैतिकताको गम्भीर कमीलाई प्रतिबिम्बित गर्दछ। शनिबार युएससीआईआरएफले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्ना आयुक्त डेभिड करीलाई उद्धृत गर्दै आयोग भारत सरकारको आलोचनात्मक आवाजहरू (विशेष गरी धार्मिक अल्पसंख्यकहरू र उनीहरूका लागि वकालत गर्नेहरूको निरन्तर दमनप्रति चिन्तित छ, भनिएको छ । 
 
प्रवक्ता बागचीले  भनेका छन्, दुःखको कुरा आयोगले आफ्नो एजेन्डाअनुसार आफ्नो कथन र प्रतिवेदनहरूमा बारम्बार तथ्यहरूलाई गलत ढङ्गले प्रस्तुत गरेको छ। त्यस्ता कार्यहरूले आयोगको विश्वसनीयता र उद्देश्यको बारेमा चिन्तित तुल्याएको छ । एजेन्सी

शेयर गर्नुहोस:

81
Shares