मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसद्वारा युक्रेनको व्यस्त सपिङ सेन्टरमा क्षेप्यास्त्र प्रहार, जी सेभेनका नेताहरुले दिए ‘घृणित कार्य’को संज्ञा

रुसद्वारा युक्रेनको व्यस्त सपिङ सेन्टरमा क्षेप्यास्त्र प्रहार, जी सेभेनका नेताहरुले दिए ‘घृणित कार्य’को संज्ञा


कि । रुसद्वारा युक्रेनको क्रेमेन्चुक सहरस्थित एकहजार मानिस रहेको व्यस्त सपिङ सेन्टरमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा १६ जना गैरसैनिकको मृत्यु भएको छ ।
 
स्थानीय समयअनुसार सोमबार ४ बजेको समयमा आक्रमण भएको थियो । घटना हुँदा त्यस व्यस्त सेन्टरभित्र लगभग एकहजार जना मानिस रहेको अनुमान गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए ।
 
जर्मनीमा आयोजित एक सम्मेलनमा रहेका विश्वका सात धनी राष्ट्रहरूको समूह ‘जी सेभेन’का नेताहरूले रुसी आक्रमणलाई ‘घृणित कार्य’को संज्ञा दिँदै त्यसको निन्दा गरेका छन् ।
 
‘निर्दोष नागरिकहरूमाथि विवेकहीन ढङ्गमा गरिने आक्रमणहरू युद्ध अपराध हुन्’, उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनेका छन् । आक्रमणमा परी कम्तीमा ५९ जना घाइते भएका छन् भने मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । यस आक्रमणमा रुसलाई दोषी ठहर गरिएको छ । 
 
अनलाइनमा सार्वजनिक तस्बिरहरूले उक्त सेन्टरको भवनमा आगो दन्किरहेको र त्यहाँबाट बाक्लो कालो धुवाँ आकाशतर्फ उडिरहेको देखाउँछन् । ‘यो एक मानवताविरुद्धको अपराध हो । यो स्पष्टरूपमा गैरसैनिक मानिसहरूविरुद्धको आतंक र निन्दनीय कार्य हो’, स्थानीय गभर्नर दिमिट्रो लुनिनले टेलिग्राममा लेखेका छन् । 
 
त्यहाँ नभेटिएका मानिसहरूको परिवार सम्भावित खबरको पर्खाइमा बसेका छन् । रातभर खोजी कार्य जारी राख्न घटनास्थलमा बत्ती र जेनेरेटरहरू ल्याइएको रोयटर्स समाचारसंस्थाले जनाएको छ । मध्यपूर्वी सहर क्रेमेन्चुक रुसी नियन्त्रण क्षेत्रबाट करिब १३० किलोमिटर टाढा रहेको छ ।
 
राष्ट्रपति जेलेन्स्कीले उक्त मलको रुसका निम्ति कुनै रणनीतिक अर्थ नभएको र त्यसलाई कब्जा गर्ने सेनाहरूलाई कुनै जोखिम नभएको बताए । ‘त्यहाँ मानिसहरूको सामान्य जीवन बिताउने प्रयास मात्र गरेका हुन् जसले नियन्त्रकहरूलाई क्रोधित बनाउँछ’, उनले भने । 
 
यस आक्रमणलाई ‘युरोपेली इतिहासमा सबैभन्दा निर्लज्ज आतंकवादी कार्य’को रूपमा व्याख्या गरे । मसँग अहिले बोल्नका निम्ति शब्दहरू छैनन् । मेरो सहरमा यस्तो घटना हुन सक्छ भन्ने मैले कल्पना गरेको थिइनँ’, उनले भने ।
 
जी सेभेन समूहले अन्य विषयसँगै रुसमाथिको प्रतिबन्धमा कडाइ गर्ने विषयमा छलफल गर्न भेला भएलगत्तै आक्रमण भएको हो । घटनापछि यस समूहले युक्रेनलाई निरन्तर आर्थिक, मानवीय र सैन्य सहयोग उपलब्ध गराउने जनाएका छन् ।
 
क्रेमलिनले यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि, गैरसैनिकमाथि प्रहार गर्नु आफ्नो उद्देश्य नभएको बताउँदै आएको छ । रोयटर्स/बिबिसी