मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देशलाई नयाँ युगतिर लैजाने सपना : प्रचण्ड

देशलाई नयाँ युगतिर लैजाने सपना : प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् । 
 
नेपाल पर्वतारोहण संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एक पटक प्रधानमन्त्री हुने सपना रहेको बताए । उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए । 
 
उनले आफू प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको बताए । राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि उनको भनाइ थियो ।
 
वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो । 
 
उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई टार्नका लागि पर्यटक क्षेत्र एक मात्रै भरपर्दो माध्यम भएको उल्लेख गरे ।