मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्तारूढ दलको सहमति

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्तारूढ दलको सहमति


काठमाडौँ । सत्तारूढ दलको बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  
 
उनका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता  विधेयक अगाडि बढाउने प्रस्ताव गरेका थिए । “अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक रहेका छन् । तर उनका सन्तान नागरिकविहीन हुनुपर्ने अवस्था रहेको छ”, सरकारका प्रवक्ता कार्कीले भने, “यसलाई अन्त्य गर्नका लागि नागरिकता विधेयक अगाडि बढाउने निर्णय भएको छ ।”
 
उनले प्रक्रिया पूरा गरेर चाँडै नै नागरिकता विधेयक संसद्मा पेश हुनेसमेत जानकारी गराए । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउनका लागि छलफल केन्द्रित भएको बताए । 
 
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालाले अहिलेसम्म भएको प्रगति विवरणबारेमा जानकारी गराएका थिए ।  
 
सरकारका प्रवक्ता कार्कीले बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमका बारेमा विश्लेषण भएको भन्दै महँगी नियन्त्रण गर्नेबारे पनि छलफल भएको बताए । 
 
मन्त्रिपरिषद् पुनर्गठनको कुरा नउठेको उनले बताए । बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति थियो । रासस