मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एसपिपी खारेजीको माग गर्दै विरोध प्रदर्शन

एसपिपी खारेजीको माग गर्दै विरोध प्रदर्शन


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) को विरोधमा आज यहाँ प्रदर्शन गरेको छ । 
 
माइतीघर मण्डलामा युवा सङ्घका अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रर्दशनमा सहभागी युवाले एसपिपीका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् । सहभागीहरूले ‘एसपिपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपिपी चाहिँदैन देश बेच्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 
 
विरोध प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटब्यूरो सदस्य एवं युवा सङ्घका इन्चार्ज दिलु पन्तले एसपिपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले एसपिपी राष्ट्रको हितविपरित रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरे ।  
 
पार्टीका केन्द्रीय सदस्य एवं युवा सङ्घका अध्यक्ष नरेश शाहीले एसपिपी सम्झौता प्रक्रिया अगाडि बढाउनेलाई देश निकाला गर्नुपर्ने बताए । उनले एसपिपीमार्फत राष्ट्रलाई कमजोर पार्ने देशद्रोहीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । रासस