मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त

टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ । 
 
नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही असार १ गते (१५ जुन २०२२) को बैठकले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा  नेपाली दूतावास, गैर आवासीय नेपाली संघ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनका लागि योगदान पु¥याउने विश्वास गरिएको छ ।
 
झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका पुगेका थिए । उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाज क्षेत्रीय उपसंयोजक हुन् भने विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् । कविता, गीत, गजल र मुक्तक लेख्ने सुवेदी नेपाली साहित्यमा राम अविरामको नाममा सुपरिचित छन् । 
 
सुवेदीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ । नवनियुक्त पर्यटन दूत सुवेदीले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त गरिदिएकामा पर्यटनमन्त्री प्रेमबहादुर आलेप्रति आभार प्रकट गरेका छन् ।  
 
उनले आफूमाथि मन्त्री आलेको अटल विश्वासलाई सदा कायम राख्ने, नेपाल र नेपालीको शिर सदा उच्च राख्ने एवं नेपालको उन्नति प्रगतिमा हिजोभन्दा आज अझ बढी गर्न सक्ने आँट र अठोटसमेत गरेका छन् । रासस