मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोगबारे फोनवार्ता

युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोगबारे फोनवार्ता


कि । युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ । 
 
युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो । त्यस वार्ताका क्रममा उनीहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।  
 
युक्रेन राष्ट्रपति जेलिन्स्किीले मंगलबार ट्वीट गरेर दिएको जानकारीअनुसार उनी र क्यानाडाका प्रधानमन्त्रीका बीचमा फोनमा वार्ता भएको थियो र युक्रेनलाई आगामी दिनमा आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगका बारेमा कुराकानी भएको थियो ।
 
रुसले अहिले पनि युक्रेनमा हमला गरिरहेकाले यहाँ प्रतिरक्षाका लागि सहषेग आवश्यक रहेको बताइएको छ । यसअघि पनि क्यानाडाले युक्रेनलाई रक्षासम्बन्धी सहयोग गर्दै आएको बताइएको छ । गत हप्तामात्र क्यानाडाका रक्षामन्त्री युक्रेनको भ्रमणमा पुगेर आवश्यक सहयोग उपलब्ध गराउने बताएका थिए । एजेन्सी