मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनद्वारा सन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण

चीनद्वारा सन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण


बेइजिङ । चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले सन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । 
 
सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको छ । 
 
सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ । परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो । 
 
चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना सुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो । साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।
 
यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ । यी अन्तरिक्ष यात्रीहरू, चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि बनाइएको छ । सिन्ह्वा