मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध

युरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध


ब्रसेल्स । युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय शुक्रबार गरेको छ ।
 
रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दबाब दिएको हो ।
 
रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनुपर्ने बारेमा लामो छलफलपछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ । 
 
यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
 
रूसले यूक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दैआएका छन् । 
 
रूसले यूक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो । एजेन्सी