मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ जनाको मृत्यु नौ हजार बढी विस्थापित

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ जनाको मृत्यु नौ हजार बढी विस्थापित


रियो डि जेनेरियो । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
 
उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।
 
यहाँका कम्तीमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । यहाँका सयौँ घर भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।
 
पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए ।
 
पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन्  भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग  २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ । एजेन्सी