मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भावनाले मात्रै परिणाम आउँदैन : प्रवक्ता महत

भावनाले मात्रै परिणाम आउँदैन : प्रवक्ता महत


रतपुर । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले शुक्रबार आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले गठबन्धनको रणनैतिक निर्णयले मात्रै परिणाम ल्याउने बताए । 
 
नेता महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने बताए । पार्टीको अन्तर्घात रोगको रुपमा रहेको उनको भनाइ थियो । आगामी मङ्सिरमा प्रदेश र सङ्घको निर्वाचन हुने भन्दै उनले यसको तयारीका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । 
 
केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेस एक हुन जरुरी रहेको बताए । उनले कांग्रेसले हार्‍यो भने देशले पनि हार्ने बताए । 
 
कांग्रेस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालबहादुर दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेश उद्योग वाणिज्यमन्त्री मिलनबाबु श्रेष्ठ, महासमिति सदस्य विजय भुसाल, क्षेत्रीय सभापति किरणभूषण ओली, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगर उपप्रमुख खेमप्रसाद महत्तोलगायतले निर्वाचनमा एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए । रासस