मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

कोठामा बस्दै समिति बनाउने समूहसँग कुनै सहमति हुँदैन, भए राजीनामा : उपाध्यक्ष सुमन

कोठामा बस्दै समिति बनाउने समूहसँग कुनै सहमति हुँदैन, भए राजीनामा : उपाध्यक्ष सुमन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाका उपाध्यक्ष सुमन थापाले एनआरएनए अमेरिकाभित्र विवाद बढाउन सक्रिय व्यक्ति वा समुहसँग कुनै पनि सम्झौता हुन नसक्ने बताएका छन् । यदि यसो भएमा आफूले राजीनामा दिने सुमनले बताएका छन् । 
 
‘संस्थाको विधानअनुसार निर्वाचनबाट यो कार्यसमिति बनेको हो,’ हिमालय खबरसँग सुमनले भने, ‘त्यसैले सहमतिका नाममा विधानविपरीत सदस्य थपघट गर्ने, कोठामा बसेर निहीत स्वार्थका आधारमा बनेको स्वनामधन्य समूहलाई मान्यता दिनेजस्ता कार्य हामी गर्दैनौं र स्वीकार्दैनौं ।’ 
 
यस्तो गरे के हुन्छ भन्ने प्रश्नमा सुमनले भने, ‘सबैभन्दा पहिला म उपाध्यक्षबाट राजीनामा दिन्छु ।’ 
 
आईसीसीका एक पदाधिकारीले एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति भंग गरी अर्को समिति बनाएको पत्र पठाएपछि यहाँ केही अन्योलता छ । 
 
‘एनआरएनए अमेरिका ५०१–सी अन्तर्गत अमेरिकामा दर्ता भएको संस्था भएकाले आईसीसीका पदाधिकारीले अर्को कमिटी बनाएँ भनेर पठाएको पत्रको कुनै अर्थ छैन,’ सुमनले भने, ‘अर्कोतर्फ एक पदाधिकारीले त्यो पत्रलाई आधिकारिक भनेका छन्, अर्काले होइन भन्दै विज्ञप्ति जारी गरेका छन्, आईसीसीको यो गाईजात्रामा हामी पर्न चाहन्नौं । यो आईसीसी नेतृत्वको समस्या हो, उहाँहरु पनि विधानअनुसार चल्नुपर्छ ।’ 
 
सुमन थप्छन्, ‘विवाद एनआरएनए अमेरिकाभित्र छैन, हामी यहाँको समुदायका लागि काम गर्दै छौं । तर, विवाद आईसीसीभित्र छ, त्यो उहाँहरुको समस्या हो, एनसीसीमा ल्याउनु भएन । हाम्रो त्यो समस्यासँग कुनै सरोकार नै छैन ।’
 
यो विवाद बढ्दै जाँदा आईसीसीले आबद्धता तोड्यो भने के हुन्छ ? सुमन भन्छन्, ‘यो अवस्था नआओस् तर, हामीलाई केही फरक पर्दैन, एनआरएनए अमेरिका उद्देश्यअनुसार सक्रिय भएर काम गरिरहन्छ ।’ 
 
‘समस्या आईसीसीको नेतृत्व तहमा छ,’ सुमनले भने, ‘आईसीसीले आबद्धतता तोड्न सकिन्छ भनेर एनआरएनए अमेरिकालाई धम्की नदिनु राम्रो हुन्छ । आबद्धता तोडे पनि हामी यो चुनौती स्वीकार्न तयार छौं ।’ 
 
अमेरिका बस्ने नेपाली समुदायले दोहोरो नागरिकताको कुरा उठाउनुपर्छ भनिरहेको, समुदायको हितका लागि काम गर्नुपर्छ भनिरहेको छ । हामी यी मुद्दा नै उठाउन आएका हौं, यसमा अलमलिनुपर्ने कुनै कुरा छैन । आईसीसी र एनसीसीका विवादले समुदायको हितमा काम गर्न केही समस्या भने परेको सुमनले बताए । 
 
‘यदि एनआरएनए अमेरिकाभित्र असहमति छन् भने जुलाईको पहिलो साता नर्थ क्यारिलोनामा हुने साधारण सभामा आएर कुरा राख्दा हुन्छ,’ सुमनले भने, ‘कसैलाई नेतृत्व लिने मन छ भने अब एक वर्ष पर्खिएर चुनावमा गएर जितेर आए भयो । सबैलाई खुला छ । कोठामा बसेर पद बाँड्दैमा केही हुँदैन । यसको कुनै अर्थ पनि छैन ।’ 
 
‘विदेशमा बस्ने नेपालीको हकहितका मुद्दा छाडेर आईसीसीका पदाधिकारीले आफ्नो राजनीति वा निहित स्वार्थका लागि संस्थालाई दुरुपयोग गर्नु भएन,’ सुमनले भने । 
 
‘नर्थ क्यारिलोनामा हुने साधारण सभा नियमित रुपमा सम्पन्न हुने दाबी पनि सुमनले गरे । यो सर्ने, अर्को स्थानमा हुने भन्ने हल्ला सत्य होइन, हाम्रो तयारी भइरहेको छ । तोकिएको समयमा त्यहाँ साधारण सभा हुन्छ,’ सुमनले भने, ‘साधारण सभामा परराष्ट्रमन्त्री, एनआरएनए आईसीसीका अध्यक्षलगायतलाई निमन्त्रणा पठाइएको र केहीले आउने जानकारी दिइसक्नुभएको छ ।’ 
 
‘एनआरएनए अमेरिकाले आईसीसीले भनेअनुसार सदस्यबापतको शुल्क पठाइसकेका छौं, अहिले हाम्रो आग्रह एउटा समझदारी पत्रमा हस्ताक्षर गरौं भन्ने हो,’ सुमनले भने, ‘हामीले जुन कुरा उठाइरहेका छौं, यसले एनआरएनए आईसीसीलाई अझ बलियो बनाउँछ ।’ 
‘नर्थ क्यारिलोनामा हुने साधारण सभा

‘नर्थ क्यारिलोनामा हुने साधारण सभा