मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भरतपुरमा मेयरमा रेनु दाहाललाई ९०१९ र उपमेयरमा अधिकारीलाई १७ हजार ७४० मतान्तरको अग्रता

भरतपुरमा मेयरमा रेनु दाहाललाई ९०१९ र उपमेयरमा अधिकारीलाई १७ हजार ७४० मतान्तरको अग्रता


रतपुर । भरतपुर महानगरपालिकामा एक लाख एक हजार ९४५ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं २३ र २४ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा मतगणना सकिएको हो ।
 
मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उमेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई ९०१९ मतान्तरले पछि पारेकी हुन् । 
 
दाहालले ४० हजार ५८९ मत प्राप्त गर्दा सुवेदीले ३१ हजार ५७० मत प्राप्त गरे । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १३ हजार ६४ मत प्राप्त गरे ।
 
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरूङलाई १७ हजार ७४० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ४२ हजार ७३२ मत प्राप्त गर्दा गुरूङले २४ हजार ९९२ मत प्राप्त गरिन् । 
 
भरतपुरको अहिलेसम्म २२ वडाको मतगणना सकिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१ गरी १३ वटा वडा जितेको छ । 
 
नेकपा एमालेले ३, ११, १२ १८ र १९ गरेर ५ वटा वडा जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले ७, ९, २२ गरेर ३ वटा वडा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वडा नं १३ जित्दै खाता खोल्न सफल भएको छ ।