मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

शिक्षालयमा हप्तामा दुई दिन बिदा नदिन आग्रह


काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ ।  
 
विगत दुई वर्ष अगाडिदेखि कोभिड–१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासङ्घले माग गरेको हो । 
 
महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मुक्तानले आज विज्ञप्ति जारी गरी बालबालिकाको सिकाइ निरन्तरतामा नोक्सानी भइरहेका अवस्थामा झनै हप्तामा दुई दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय सिकाइ निरन्तरता र गुणस्तरीय शिक्षा प्रतिकूल हुने भएकाले निर्णय फिर्ता लिन आग्रह गरेका छन् । 
 
सरकारले इन्धन बचतका लागि यही जेठ १ गतेदेखि शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयन गरेपछि शिक्षालयमा पनि आइतबार बिदा हुन थालेको हो । निजी विद्यालयले भने आफूखुसी गरेका छन् । रासस