मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पोखराको प्रमुखमा गठबन्धनका आचार्य तीन हजार ४३७ मतले अगाडि

पोखराको प्रमुखमा गठबन्धनका आचार्य तीन हजार ४३७ मतले अगाडि


कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।  
 
वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकामा आज साँझ ८ बजेसम्म एक लाख १२ हजार ५८० मतगणनामा प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४३७ मतले अघि छन् । 
 
आचार्यले हालसम्म ४५ हजार २७ मत प्राप्त गरेकामा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णबहादुर थापाको ४१ ह्जार ५९० मत रहेको छ । मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भए । 
 
यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले) का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४७ हजार ३२४ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४४ हजार ९६४ मत रहेको छ । उपप्रमुखमा गुरुङ दुई हजार ३६० मतले अघि छन् । 
 
पोखरामा हालसम्म २३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १६ वडामा जीत हासिल गरेको छ । 
 
नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं ११, १७, १८, १९, २१, २२, ३०, ३१, ३२ र ३३ नं वडाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार रातिसम्म पोखराको सबै वडाको मतपरिणाम सार्वजनिक हुने जनाएको छ । रासस