मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँ महानगरमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन शाह

काठमाडौँ महानगरमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार बालेन शाह


काठमाडौँ । कुल एक लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३५ हजार ३६४ मत प्राप्त गरेका छन् । 
 
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशव स्थापितभन्दा बालेन १६ हजार १२६ मतले अगाडि छन् । स्थापितले १८ हजार ६३ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत प्राप्त गरेको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए । 
 
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले ३४ हजार १२८ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २६० मत प्राप्त गरेका छन् । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा कामपाको मत गणना कार्य जारी छ । 
 
हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेकोे छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ ।