मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

मे २२ मा सपुत लाइभ इन डलास !

मे २२ मा सपुत लाइभ इन डलास !


टेक्सस । पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले टेक्ससको अर्भिङमा यही मे २२ तारिखका दिन प्रस्तुति दिने भएका छन् । 
 
गलबन्दी च्यातियो तिमीले तानेर, केटाहरु नबन सोझो, बोल माया, कुरा बुझ्नपर्छ, यो देश मेरो पनि हैन र, तिम्रो मायाले मलाई पिर दियो जस्ता लोकप्रिय गीत नेपाली सांगीतिक जगतमा पस्किएका सपुतलाई आहा प्रोडक्सनले अन्य संस्थाहरु युभा फिल्मस् र सिट्वान्टी डिजिटलसँग मिलेर अर्भिङमा ल्याउन लागेको हो । 
 
हाल सांगीतिक भ्रमणका लागि अमेरिकामा रहेका सपुतले मे २२ मा अर्भिङमा प्रस्तुति दिने भएका छन् । प्रकाश सपुत लाइभ इन डलास सांगीतिक कार्यक्रम यहाँको ह्याङ आउट स्पोर्टस् क्लबमा हुने आयोजक संस्थाका उज्ज्वल सिंहले जानकारी दिए । 
 
कार्यक्रममा प्रवेशका लागि ३० डलर टिकटदर कायम गरिएको छ । यसअघि पनि आहा प्रोडक्सनले १९७४ एडी कन्सर्ट, मुक्ति एन रिभाइभल, सुगम पोखरेल कन्सर्ट, नरेन लिम्बु कन्सर्ट, कोवबेव कन्सर्ट, फस्ट नेपाली आइडल कन्सर्ट, नायिका प्रियंका कार्कीको साथमा फेसन शो, नेपाली चलचित्रहरु रेशम फिरिरी, सफर, पुरानो डुङ्गा, गाजलु, होस्टेलको प्रदर्शनी डलासमा देखाइसकेको छ ।