भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट मेयरका उमेदवार रेनु दाहालले फराकिलो अग्रता बनाएकी छन् ।
भरतपुर महानगरपालिका–७ र ८ को मतगणना भइरहँदा दाहालले ११ हजार ७५० मत प्राप्त गरेकी छन् । नेकपा एमालेबाट मेयरका प्रत्यासी विजयी सुवेदीले ९ हजार ५४५ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार १७१ मत प्राप्त गरेका छन् । २७ हजार ४४७ मत गणना गर्दा रेनु एमालेका उमेदवार विजय सुवेदीभन्दा २२०५ मतले अग्रता लिएकी छन् ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ९३८ मत प्राप्त गरेका छन् भने राप्रपाका हिमला गुरूङले ७ हजार ७५० मत प्राप्त गरेकी छन् ।
भरतपुरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उमेदवार रेनु दाहाललाई रहेको छ भने नेकपा एमालेका उमेदवार सुवेदीलाई राप्रपाको समर्थन प्राप्त छ ।
कुल २९ वटा वडा रहेको भरतपुरको वडा नं १ बाट गणना कार्य सुरू गरिएको थियो । भरतपुर महानगरपालिकामा रहेका कुल एक लाख ८५ हजार ७५२ मतदातामध्ये ६७ प्रतिशत अर्थात् एक लाख २५ हजार ५५० मत खसेको छ ।
प्रतिक्रिया