मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भरतपुरमा एक हजार ७१२ मतले रेनु दाहाल अगाडि

भरतपुरमा एक हजार ७१२ मतले रेनु दाहाल अगाडि


रतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट मेयरका उमेदवार रेनु दाहालले एक हजार ७१२ मतले अग्रता लिएकी छन् । 
 
भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेकी छन् । नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले ८ हजार २५८ मत प्राप्त गर्दा स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ५०४ मत प्राप्त गरेका छन् ।  
 
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९५६ र राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेकी छन् ।  
 
वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठ विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी डोलनारायण अधिकारीलाई ६१८ मत अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले दुई हजार ७३५ मत र नेकपा एमालेका अधिकारीले दुई हजार ११७ मत प्राप्त गरेका छन् । 
 
यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उमेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका उमेदवार निर्वाचित भएका छन् । यस वडामा पाँच हजार ५८२ मत खसेको थियो । भरतपुर महानगरपालिकामा हालसम्म २७ हजार ४३८ मतगणना भएको छ । 
 
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै, जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम गरेको छ ।