मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भरतपुर महानगरमा रेनु दाहालले लिइन् ५०४ मतको अग्रता

भरतपुर महानगरमा रेनु दाहालले लिइन् ५०४ मतको अग्रता


रतपुर । देशकै सर्वाधिक चासोको विषय बनेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले ५०४ मतको अग्रता लिएकी छन् । २२ हजार ३८७ मत गणना गर्दा रेनु एमालेका उमेदवार विजय सुवेदीभन्दा ५०४ मतले अग्रता लिएका हुन् ।
 
मंगलबार राति १०ः३० बजेसम्मको सार्वजनिक मत परिणामअनुसार दाहालले ७७१४ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी उमेदवार विजय सुवेदीले ७२१० मत पाएका छन् । मंगलबार बिहानैदेखि दाहालले मतान्तर घटाउँदै अग्रता कायम गरेकी हुन् । यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३६९२ मत पाएका छन् ।
 
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ९३१६ मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उमेदवार हिमला गुरूङले ५९६५ मत पाएकी छन् ।
 
भरतपुरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उमेदवार रेनु दाहाललाई रहेको छ भने नेकपा एमालेका उमेदवार सुवेदीलाई राप्रपाको समर्थन प्राप्त छ ।
 
कुल २९ वटा वडा रहेको भरतपुरको वडा नं १ बाट गणना कार्य सुरू गरिएको थियो । भरतपुर महानगरपालिकामा रहेका कुल एक लाख ८५ हजार ७५२ मतदातामध्ये ६७ प्रतिशत अर्थात् एक लाख २५ हजार ५५० मत खसेको छ ।