मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडौँ महानगरमा बालेनकै अग्रता कायम, कांग्रेस र एमालेका उमेदवारभन्दा दोब्बर मतान्तर

काठमाडौँ महानगरमा बालेनकै अग्रता कायम, कांग्रेस र एमालेका उमेदवारभन्दा दोब्बर मतान्तर


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि  स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नै अग्रता कायमै राखेका छन् । 
 
सोमबार राति ११ बजेसम्मको प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ८४२० मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् । काठमाडौँका हाल गणना भइरहेका अठवटै वडामा बालेनको अग्रता लिएका छन् । 
 
त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४४३६ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३८८१ मत प्राप्त गरेका छन् ।  
 
एमालेको तर्फबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ६५५७, उपप्रमुखकै लागि नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १८५५ मत प्राप्त गरेकाछन् । 
 
हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ । 
 
वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा  एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् । 
 
त्यसैगरी वडा २ मा एमालेको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजय भएका छन् । हाल कामपामा १८ हजार ८०८ मतणाना भइसकेको छ । काठमाडौँमा कुल १ लाख ९१ हजार १८६ मत खसेको थियो ।