मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कालिका नगरपालिकामा मेयरका उमेदवारबीच कडा टक्कर, कांग्रेसका केसीले लिए ४९ मतको अग्रता

कालिका नगरपालिकामा मेयरका उमेदवारबीच कडा टक्कर, कांग्रेसका केसीले लिए ४९ मतको अग्रता


कालिका । कालिका नगरपालिकाको मेयरको मत परिणामअनुसार एमाले–कांग्रेसबीच कडा टक्कर परेको छ । कांग्रेसका मेयरका उमेदवार शिवराम केसी र एमालेका मेयरका उमेदवार विनोद रेग्मीबीच झिनो मतान्तरले अघिपछि हुँदै आएको छ । 
सोमबार दिनभरजसो केसीले अग्रता झिनो मतान्तरले अग्रता लिएका छन् । रेग्मीले मतान्तर घटाउँदै लगेका छन् । 
सोमबार राति ९ः३० सम्मको मतगणनाअनुसार कांग्रेसका शिवराम केसीले एमालेका विनोद रेग्मीलाई ४९ मतले पछाडि पारेका हुन् । केसीले ६३३१ मत प्राप्त गर्दा रेग्मीले ६२८२ मत पाएका छन् ।    
 
यस्तै, उपमेयरमा एमालेकी बिमला तामाङ ६२४६ मतका साथ अग्रस्थानमा छिन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उमेदवार सविता लामाले ५८३४ मत पाएकी छन् । 
 
कालिकामा पाँच दलीय गठबन्धनको समर्थन कांग्रेस उमेदवार शिवराम केसी र माओवादी केन्द्रकी उमेदवार सविता लामालाई रहेको छ । 
 
कालिकामा ११ वडामध्ये हालसम्म वडा नं १, २, ३, ४, ९, १० र ११ को मतगणना सम्पन्न भएको छ भने वडा नं ५, ७ र ८ को मतगणना जारी छ । वडा नं ६ को मतगणना सुरू भएको छैन । ७ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । 
 
जसमा चार वडामा एमाले, दुई वडामा कांग्रेस र एक वडामा माओवादी केन्द्रले जितेको छ । 
 
वडा नं १ मा नेपाली कांग्रेसका वडाध्यक्ष सन्तवीर स्याङ्तान विजयी भएका छन् । यस्तै, वडा नं २ मा एमालेका लक्ष्मण पौडेल, वडा न. ३ मा माओवादी केन्द्रका वीरेन्द्र तामाङ, वडा नं ४ मा एमालेका मकरमान श्रेष्ठ, वडा नं एमालेका निलकण्ठ मगर, वडा नं १० मा नरजङ्ग प्रजा र वडा नं ११ मा एमालेका कृष्णबहादुर प्रजा विजयी भएका छन् ।