मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कालिकामा एमाले–कांग्रेसबीच कडा टक्कर, रेग्मीले लिए २५ मतको अग्रता

कालिकामा एमाले–कांग्रेसबीच कडा टक्कर, रेग्मीले लिए २५ मतको अग्रता


कालिका । कालिका नगरपालिकाको मेयरको मत परिणाममा एमाले–कांग्रेसबीच कडा टक्कर परेको छ । एमालेका मेयरका उमेदवार विनोद रेग्मी र कांग्रेसका मेयरका उमेदवार शिवराम केसीबीच झिनो मतान्तरले अघिपछि हुने गरेको छ । 
आइतबार दिनभर केसीले अग्रता लिएकोमा आइतबार रातिदेखि रेग्मीले मतान्तर घटाउँदै अग्रता कायम गरेका छन् । 
 
आइतबार राति १०ः३० बजेसम्मको मतगणनाअनुसार एमालेका विनोद रेग्मीले कांग्रेसका शिवराम केसीलाई २५ मतले पछाडि पारेका हुन् । रेग्मीले २७८२ मत प्राप्त गर्दा केसीले २७५७ मत पाएका छन् । यस्तै, राप्रपाका सोमबहादुर खड्काले २०७ मत पाएका छन् ।  
 
यस्तै, उपमेयरमा एमालेकी बिमला तामाङ २६८९ मतका साथ अग्रस्थानमा छिन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उमेदवार सविता लामाले २६३६ मत पाएकी छन् । यस्तै, राप्रपाकी बुद्धिलक्ष्मी स्याङ्तानले २०७ मत पाएका छन् ।
 
कालिकामा पाँच दलीय गठबन्धनको समर्थन कांग्रेस उमेदवार शिवराम केसीलाई रहेको छ ।