मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

रत्ननगर १ मा कांग्रेसका वडाध्यक्ष सापकोटासहित प्यानल नै विजयी

रत्ननगर १ मा कांग्रेसका वडाध्यक्ष सापकोटासहित प्यानल नै विजयी


त्ननग । पूर्वी चितवनको रत्ननगर-१ मा कांग्रेसले खाता खोलेको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका कुलप्रसाद सापकोटासहित प्यानल नै विजयी भएको छ । कुल २२९५ मत खसेकोमा सापकोटाले २२९ को मतअन्तरका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।
 
सापकोटाले ९१३ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी एमालेका शालिकराम पराजुलीले ६९३ मत प्राप्त गरे ।  
 
वडामा मेयर र उपमेयरमा गठबन्धन भए पनि वडाध्यक्ष र सदस्यमा दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो । यो वडामा सदस्यमा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
 
महिला सदस्यमा उमादेवी सुवेदीले ७८३ मत पाएकी छन् भने दलित महिला सदस्यमा बिन्दु मग्रातीले ८०९ मत ल्याइन् । यस्तै, खुला सदस्यमा गिरिराज लम्सालले ७५३ मत र खुला सदस्यमा सूर्यविक्रम चौधरीले ७२३ मत पप्त गरेका थिए । 
 
यसैबीच, वडा नं १ मा कांग्रेसले खाता खोलेसँगै कांग्रेसका नेता कार्यकर्ताले विजय जुलुस गरी खुसियाली मनाएका छन् । २०७४ सालको निर्वाचनमा पनि कांग्रेसले एक सदस्यबाहेक सो वडामा विजय हासिल गरेको थियो ।