मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोलोराडोमा प्रकाश सपुत सांगीतिक साँझ आयोजना हुँदै

कोलोराडोमा प्रकाश सपुत सांगीतिक साँझ आयोजना हुँदै


कोलोराडो, अमेरिका । बहुचर्चित गीतहरु गलबन्दी, पिर, बोलमायालगायतका गीतहरु गाएर चर्चित बनेका गायक प्रकाश सपुतले आगामी मे १४ तारिख शशिबार कोलोराडोमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।
 
उत्तर अमेरिकाको विभिन्न शहरमा सांगीतिक कार्यक्रम गर्ने उद्धेश्यले अमेरिका आएका प्रकाशले आगामी शनिबार साझ डेनभर साउथ हाइसकुलमा आफ्नो प्रस्तुति दिन लागेका हुन् ।
 
दिदीबहिनी समूह कोलोराडोको आयोजनामा ( Denver South High School 1700 Louisiana Ave. Denver CO.80210)  साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय कलाकारहरु महादेव त्रिपाठी, सम्झना पाण्डे, बसन्त लम्साल, दीपक गौतम, मनोज तुलाधर, रुपेश न्यौपाने, ऐश्वर्या तिवारी लगायतका कलाकारहरुको पनि प्रस्तुति रहने दिदीबहिनी समूहका संयोजक धन पौडेलले बताएकी छन् ।
 
दुई वर्षभन्दा बढी कोरोनाको त्रासले कुनै ठूलो मनोरञ्जनात्मक कार्यक्रम हुन सकेको छैन । यस्तो अवस्थामा नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरु भेला भई नाचगानको माध्यमबाट मनोरञ्जन गरी लामो समयदेखि मनमा रहेको डर त्रास भगाउँदै दैनिक जीवनलाई लयमा फर्काउन राष्ट्रियस्तरका कलाकारमार्फत कार्यक्रम आयोजना गर्न लागिएको पौडेलले बताएकी छन् ।
 
विगत लामो समयदेखि सामाजिक सेवामा सक्रिय दिदीबहिनी समूहले कोलोराडोमा नेपाली समुदायमा विभिन्न सहयोगहरु पु¥याउँदै आएको छ । यस कार्यक्रमबाट संकलित रकम पनि खर्च कटाएर सबै सामाजिक क्षेत्रमा खर्च गरिने संस्थाले जनाएको छ । सुरुमा टिकट दर २५ राखेर अरोरामा कार्यक्रम गर्ने भनिएकोमा टिकटको माग अत्याधिक भएपछि टिकट दर घटाएर एक जनालाई १५ र कपललाई २५ बनाई स्थानसमेत परिवर्तन गरी ठूलो हलमा कार्यक्रम गर्न लागिएको बताइएको छ ।
 
बेलैमा आफ्नो सिट सुरक्षित राख्न आफूलाई नजिक पर्ने निम्न महानुभावलाई सम्पर्क गरी टिकट लिन सकिने जनाइएको छ । सम्पर्क व्यक्तिहरु श्रुति पाण्डे ३४७ – ६०५–४७०९, लिलकुमारी श्रेष्ठ ७२०–३४५–९८८५ ,प्रकाश पौडेल ३०३–२५०–६३२३, पुण्य ढकाल ३०३–४७५–४१०४ र शान्ति भुषाल ७२०–६४८–८१९५ रहेका छन् ।  कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न विभिन्न संस्था तथा दाताहरुबाट सहयोग आएको र आउने क्रम जारी रहेको बताइएको छ ।
 
पछिल्लो समय पिर बोलको गीतबाट चर्चाको शिखरमा पुग्न सफल कलाकार प्रकाश सपुत हाम्रै घर आगनमा आइपुगेको मौकामा प्रत्यक्ष भेटी उनका चर्चित गीतहरुमार्फत उनीसँगै रम्न पाउने अवसर नगुमाउनसमेत आयोजक संस्थाका पदाधिकारीहरुले सबैलाई अनुरोध गरेका छन् ।