मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

तीनै तहको निर्वाचन देशलाई दुर्घटना हुनबाट रोक्ने अवसर : अध्यक्ष लिङ्देन

तीनै तहको निर्वाचन देशलाई दुर्घटना हुनबाट रोक्ने अवसर : अध्यक्ष लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । 
 
अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए । उनले  म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गरे । उनले भने, “यसबाट थाहा हुन्छ कि उनीहरू जनताबाट कति टाढा भइसके ।”
 
राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गरे । उनले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्यको समाधानको लागि केही पहल नगरेको आरोप लगाए । 
 
उनले आफूलाई हेटौँडाको अस्पतालमा एमआरआई र सिटिस्क्यानसमेत नहुने जानकारी आएको बताउँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरूले अस्पतालको विकास गर्न नसकेको आरोप लगाए ।
 
हेटौँडाको मेयरको लागि उम्मेदवार दीपकबहादुर सिंह उठाएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन हेटौँडावासीलाई आग्रह गरे । हेटौँडा उपमहानगरपालिका मेयरमा उम्मेदवार बनेका दिपक सिंहले आफूलाई हेटौँडाको मेयरमा जिताउन अपिल गर्दै आफू मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस