मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लोकतन्त्रको रक्षाका लागि युक्रेनलाई सैन्य सहयोग : राष्ट्रपति बाइडेन

लोकतन्त्रको रक्षाका लागि युक्रेनलाई सैन्य सहयोग : राष्ट्रपति बाइडेन


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन् । 
 
रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्त्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताए । 
 
पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका युक्रेनी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेट्स्क शहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका र दर्जनौं घाइते भएका अधिकारीले बताएका युक्रेनी सञ्चारमाध्यमले जनाएका छन् ।
 
युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा हालसम्म १५६ जनाको उद्धार गरेको जानकारी दिए । 
 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने मारियुपोलमा फसेका बाँकी नागरिकलाई स्टील कारखानाबाट बाहिर निकाल्न थप प्रयास भइरहेको बताएका छन् ।
 
पोप फ्रान्सिसले रुस युक्रेन युद्धका विषयमा चिन्ता व्यक्त गर्दै युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई भेट्ने प्रस्ताव अघि सारेका छन् । एएफपी