मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता चितवनमा

सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता चितवनमा


चितवन । वैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा बिहीबार गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर आइपुगेका छन् ।
 
बुधबार दिउँसो गठबन्धनको विराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाई मार्ग हुँदै उनी चितवन आइपुगेका हुन् ।
 
बिहीबार भरतपुरको साझा बसपार्कमा हुने चुनावी सभालाई देउवासहित गठबन्धनका शीर्ष नेतालेहरुले सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुरमा कांग्रेसका असन्तुष्ट समूहबाट मेयरमा बागी उमेदवारी दिएका जगन्नाथ पौडेलसँग देउवाले छलफल गर्ने सम्भावना रहेको बताइएको छ ।
 
यसअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन आइपुगेका छन् । देउवा र पौडेलसहितको टिमलाई राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रियसभाका सदस्य नारायण दाहाल, बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री, घनश्याम दाहाल कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरकी गठबन्धनबाट मेयरको उमेददवार रेनु दाहाललगायतले स्वागत गरेका थिए ।
 
केन्द्रीय बस टर्मिनल (साझा बसपार्क) भरतपुरमा बिहीबार हुने चुनावी सभालाई देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, कांग्रेस नेता शेखर कोइरालालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
 
पौडेलको उमेदवारी फिर्ताको लागि पार्टी सभापति देउवाले गृहमन्त्री खाँड र राज्यमन्त्री उमेश श्रेष्ठलाई अघिल्लो साता चितवन पठाएका थिए । 
 
यद्यपि पौडेलले आफ्नो अडान कायम राख्दै उमेदवारी फिर्ता लिएका थिएनन् । पार्टीको नीतिविपरीत गएको भन्दै पौडेललगायतका नेतालाई केन्द्रले वक्तव्य जारी गर्दै बुधबार साँझसम्म गठबन्धनका उमेदवारलाई समर्थन गरेमा कारबाहीमा पुनर्विचार गर्न सकिने जनाएको छ ।