मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युक्रेनी राष्ट्रपति र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

युक्रेनी राष्ट्रपति र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता


कि । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच भेटवार्ता भएको बताइएको छ । यसक्रममा उनीहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । महासचिव गुटरेस हाल युक्रेनमा छन् । 
 
यसक्रममा उनले युक्रेनी राष्ट्रपतिसँग बिहीबार भेटवार्ता गरेका थिए । उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनी सहर मारिउपुलबाट यहाँका नागरिकको उद्धार गर्ने बारेमा कुराकानी भएको थियो । 
 
रुसले आक्रमण गरेका कारण युक्रेनको अवस्था अहिले कमजोर भएको बताइएको छ । हाल रुसले राजधानी किभमा आक्रमण रोके पनि मारिउपुललगायतका कतिपय सहरमा भने आक्रमण जारी राखेको छ ।
 
मारिउपुलका नागरिकको उद्धार गरी यहाँ मानवीय सहायता उपलब्ध गराउनुपर्ने अवस्था रहेको र यस कार्यमा संयुक्त राष्ट्रसंघीय महासचिवको संलग्नताले आफूहरुलाई निकै सजिलो बनाउने अनुभव युक्रेनी राष्ट्रपतिले सुनाएका थिए । एजेन्सी