मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्वाचनमा प्रतिगमनकारी शक्तिको पराजय हुन्छ : अध्यक्ष नेपाल

निर्वाचनमा प्रतिगमनकारी शक्तिको पराजय हुन्छ : अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी शक्तिको पराजय हुने बताएका छन् ।  
 
शुक्रबार आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले जनताको सुखी र समृद्ध हुने चाहनाका साथै देशलाई समुन्नत बनाउन अग्रगमन शक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए । 
 
उनले एकीकृत समाजवादी पार्टी पुष्पलालकालीन कम्युनिस्ट पार्टीको निरन्तरता भएको बताउँदै पार्टी देश र जनताको पक्षमा क्रियाशील भएको विषयमा परीक्षण भइसकेको विचार व्यक्त गरे । 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफू बृहत् बाम एकतासँगै लोकतन्त्रप्रेमी शक्तिसँग कार्यगत एकता गरेर प्रतिगमनविरुद्व सङ्गठित भएर अघि बढ्दै पार्टीे सङ्गठनलाई टोलसम्म विस्तार गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे । 
 
राष्ट्रियसभा निर्वाचनबाटै विजयको सुरुआत भएकाले गठबन्धनमा आबद्ध दल सामूहिकरूपमा अगाडि बढ्नुपर्ने बताउँदै उनले गठबन्धनभित्रका दलले अहङ्कार राख्न नहुने र वस्तुनिष्ठ भएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।  
 
मनोनयन दर्ताका क्रममा पार्टीबाट ३५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको जनाइएको छ । पार्टीबाट एकल उम्मेदवारी परेसँगै पार्टीका तर्फबाट दुई गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, छ वडाअध्यक्ष र २६ सदस्य निर्विरोध निर्वाचित भएको जानकारी दिइएको छ । रासस