मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्यान्मारकी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल सजाय

म्यान्मारकी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्ष जेल सजाय


याङ्गुन । म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौँसम्म जेलमा पार्न सक्ने संकेत देखाएको छ । 
 
पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घूस लिएको आरोप लगाइएको  थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९ः३० बजे फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।
 
सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेतृ सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ ।
 
सैन्य शासकले ७६ वर्षीया नोबल पुरस्कार विजेता नेतृलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ । उनले सबै आरोपहरु अस्वीकार गरेकी छन् भने मानवअधिकारकर्मीहरुले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन् ।
 
उनलाई पाँच वर्षको थप जेल सजाय तोकिएपछि जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको जनाइएको छ । गत डिसेम्बरमा उनलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनबरीमा घरमा प्रतिबन्धित वाकिटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो । एएफपी