मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छ : गृहमन्त्री खाण

निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छ : गृहमन्त्री खाण


चितवन । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निष्पक्ष तबरले हुने बताए ।  
 
प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको छ भन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा उनले भने, “संविधानसभाको निर्वाचन हुँदैन भन्थे भयो, कांग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो, यो हल्ला मात्र हो ।”
 
बागी उम्मेदवारका सम्बन्धमा मन्त्री खाणले कांग्रेसका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त रहेको बताए । उनले भने, “यहाँ मेरा अग्रज नेताहरू हुनुहुन्छ । समकालीन हुनुहुन्छ । उहाँहरूसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अघि बढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबैसँग परामर्श गरेर अघि बढ्छौँ ।”
 
उम्मेदवारी फिर्ता लिने समय रहेको भन्दै उनले भने, “पार्टीको निर्णयलाई सहजतापूर्वक लिएर उम्मेदवारी फिर्ता लिनुस् भनिएको छ । विश्वास छ नेता कार्यकर्ताले आफूले दिएको उम्मेदवारी फिर्ता लिनुहुन्छ ।” कांग्रेसका नेता साथीहरूलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने विषयमा मन र हृदय लिएर आफू चितवन आएको उनको भनाइ थियो ।
 
अहिलेको गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको भन्दै उनले भने, “अहिले राष्ट्रिय राजनीति गठबन्धनको जगमा उभिएको छ ।” यसलाई सबैले सहजतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । उनले भने, “लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ ।” 
 
काङ्ग्रेसको भावना प्रतिकुलभन्दा पनि यो गठबन्धन गर्दा खेरी आफूले चाहेको मात्रै नहुने बताउँदै उनले भने, “अर्को राजनीतिक शक्ति जो गठबन्धनमा आबद्ध छ, त्यो शक्तिसँग पनि संवाद छलफल हुन्छ । कहिलेकाहीँ एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।” मन्त्री खाणले शीर्ष नेताले निर्णय गरेकाले सो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सबैले त्यत्ति नै योगदान पु¥याउनुपर्ने बताए ।