मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस रुस र युक्रेन जाने

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस रुस र युक्रेन जाने


न्यूयोर्क । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुवै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ । 
 
रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् । 
 
महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छन् । दुवै जनासँग एकै दिन भेटवार्ता हुने पनि उनले स्पष्ट पारे । 
 
त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । “युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नु भएको छ,” सहायक प्रवक्ता कानेकोले भने । 
 
गत मङ्गलबार महासचिव गुटेर्रेसले चार दिन बिदा दिन दुवै पक्षलाई अनुरोध गरेका थिए । उनले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्तामार्फत विवाद अन्त्य गर्न पहल गर्ने भएका छन् । 
 
युक्रेनमा उनले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेशमन्त्री दिमित्रो कुलेबालाई भेट्ने कार्यक्रम रहेको छ । महासचिवले अर्को हप्ता युक्रेनको भ्रमण गर्नेछन्। उनले विदेशमन्त्री दिमिट्रो कुलेबासँग कार्य बैठक गर्नेछन् र अप्रिल २८ मा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्वागत गर्नेछन्।
 
उनले युक्रेनका जनतालाई मानवीय सहायताको मात्रा बढाउने विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय निकायका कर्मचारीसँग पनि भेट गर्नेछन्,’ संयुक्त राष्ट्रसंघको प्रेस सेवाले एक विज्ञप्तिमा भनेको छ।  
 
महासचिव गुटेरेस रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट्न मस्को जाने घोषणा भएको केही घन्टापछि यो घोषणा गरिएको हो । महासचिवका सहायक प्रवक्ता एरि कानेकोले उक्त भ्रमणको घोषणा गरेका हुन् । 
 
यसैबीच, क्रेमलिनले पनि पुटिन र लाभरोभले भेट्ने बताएको छ । महासचिवले रुसी संघको मस्को भ्रमण गर्ने छन् जहाँ मङ्गलबार अप्रिल २६ मा उनले विदेशमन्त्री सेर्गेई लाभरोभसँग कार्य बैठक र दिवाभोज गर्नेछन् । र, राष्ट्रपति भ्लादिमिर पुटिनले स्वागत गर्नेछन् । कानेकोले पुटिन र लाभरोभले गुटेर्रेससँग सोही दिन भेट हुने उल्लेख गरेका छन् ।
 
मङ्गलबार गुटेरेसले युक्रेनमा चार दिनको मानवीय कार्यको लागि युद्ध विराम गर्न द्वन्द्वका सबै पक्षहरूलाई आह्वान गर्दै वार्ता र शान्तिको लागिसमेत आग्रह गरेका थिए । एएनआई