बिश्व घटना

जी २० सम्मेलनमा सहभागिताबारे पुटिन अझै अनिर्णित

जी २० सम्मेलनमा सहभागिताबारे पुटिन अझै अनिर्णित


स्को । विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागिताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित भएका छन् । 
 
उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरे पनि चाँडै निर्णय आउने अपेक्षा गरिएको छ । 
 
“उहाँले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै निर्णय भएको छैन,” प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुलाई भनेका छन् । 
 
विदेशी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाएका इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले रूसी राष्ट्रपति पुटिनसहितका सबै २० देशका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा पठाइसकेका छन् । 
 
विश्व चर्चित र चासोका साथ हेरिने जी–२० सम्मेलन आगामी नोभेम्बरमा इन्डोनेसियाको बालीमा आयोजना गर्ने तय भइसकेको छ । एजेन्सी