मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड

राजनैतिक उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको हो : प्रचण्ड


सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनैतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनका विरुद्धमा पाँच दलको गठबन्धन बनेको बताएका छन् ।
 
सो पार्टीद्वारा कैलालीको गौरीगङ्गामा बिहीबार आयोजित आमसभामा पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनता तथा अस्मिताको रक्षा गर्दै प्रतिगमनलाई परास्त गर्न पाँच दलको गठबन्धन गरिएको स्पष्ट पारे ।  
 
 निर्वाचनको मुखमा गठबन्धन टुट्छ र फेरि प्रतिगमनमा जान पाइन्छ भन्ने षड्यन्त्र भएको उनले बताए । ‘‘हिजो साँझसम्म गठबन्धन टुटाउन षड्यन्त्र भएको थियो’’, प्रचण्डले भने, ‘‘छ वटै महानगर र ११ वटै उपमहानगरपालिकामा सर्वसम्मत ढङ्गले तालमेल गर्ने निर्णय हुँदा प्रतिगमनकारी विक्षिप्त भएका छन् । मनस्थिति खलबलिएको छ ।’’ 
 
आमसभामा सो पार्टीका सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टलगायत वक्ताले पनि समसामयिक राजनीतिका विषयमा बोलेका थिए । सभामा जनता समाजवादी पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने नेता नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।  
 
सो अवसरमा जनता समाजवादी पार्टीका नेता कृष्णकुमार चौधरीको नेतृत्वमा नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् । रासस