मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्छ : नेता कोइराला

गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्छ : नेता कोइराला


चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् ।  
 
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले दलबीचमा बनेको राजनीतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो ।
 
मंगलबार साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए । 
 
उनले भने “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए । रासस