मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी

रुस-युक्रेन द्वन्द्वका क्रममा २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी


किभ । रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । 
 
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सय देखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् ।  
 
सिएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारीअनुसार अरु १० हजारभन्दा बढी युक्रेनी राष्ट्रसेवक घाइते भएका छन् । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।  
 
मृतक तथा घाइतेहरूलाई देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे । 
 
झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकोमा विश्वभरबाट विरोध भइरहेको छ । सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भए पनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ । 
 
अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्तामार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन् । एजेन्सी