मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश


काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।
 
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई,  प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संवैधानिक इजलासले आज उक्त यस्तो आदेश गरेको हो ।
 
अधिवक्ता पुन्यप्रसाद खतिवडासमेतको गत चैत ११ गते अदालतमा बसेर कार्यसम्पादन गरिरहेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्नुपर्नेमा माग गर्दै रिट निवेदन दायर गरेका थिए । 
 
अदालतले संसद् सचिवालयमा दर्ता भएको महाभियोग दर्तासम्बन्धी सबै कागजात मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए । रासस

शेयर गर्नुहोस:

0
Shares