मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाँण

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाँण


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । 
 
गृह मन्त्रालयमा शुक्रबार सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताए । 
 
उनले जनमत पार्टीलाई मूलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन भागलिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताए । मन्त्री खाँणले सबै राजनीति दलले आफ्नो दलको चुनाव चिह्न पाउने व्यवस्था गर्न  आयोगसँग आग्रह गरेको र सोहीअनुरुप आयोगले निर्णय गरिसकेको जानकारी दिए । 
 
भेटमा सो पार्टीका नेताले आगामी स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको जनाउँदै आफूहरुले यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो ।
 
उक्त पार्टीले आफूहरुले गरेको कृषि आन्दोलनमा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ गर्न माग गर्दै किसान आन्दोलनका माग सम्बोधन गर्न आग्रहसमेत गरेको छ ।
 
भेटमा गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, महान्यायाधिवक्ता खम्बबहादुर खाती र सहसचिव फणीन्द्रमणि पोखरेल तथा सो पार्टीको तर्फबाट अध्यक्ष राउत, उपाध्यक्षत्रय वसन्त कुशवाह, दीपक साह, नरेन्द्र साह र महासचिव चन्दन सिंहको सहभागिता रहेको थियो । रासस