मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अष्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध

अष्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध


क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य स्वामित्व भएका उद्यमहरूविरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ । 
 
एक आधिकारिक विज्ञप्तिअनुसार सूचीमा यातायात कम्पनी कामज र सिपिङ  कम्पनीहरू सेभमास र युनाइटेड सिपबिल्डिङ कर्पोरेसनजस्ता रक्षा सम्बन्धित कम्पनीहरू समावेश छन् ।
 
प्रतिबन्धहरू इलेक्ट्रोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससँग सम्बन्धित छ जसले रूसी इलेक्ट्रोनिक्स कम्पोनेन्टहरूको लगभग ८० प्रतिशत उत्पादन ओगट्दछ । तिनीहरू रूसी रेलवेसँग पनि सम्बन्धित छन् । जुन विश्वको सबैभन्दा ठूलो यातायात कम्पनीहरूमध्ये एक हो । 
 
अष्ट्रेलियाली सरकारले रुसका सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी जारी प्रतिबन्धात्मक कदमले रुसी अर्थतन्त्रलाई बढावा दिने उनीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्य रहेको बताएको छ ।
 
युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहोर्‍याउँदै, अष्ट्रेलिया सरकारले रुस सरकारका लागि राजस्वका यी महत्त्वपूर्ण स्रोतहरूसँगको कारोबार रोक्न र उनीहरूले रुसमाथि दबाब बढाउँदै गएका छन् । 
 
गत फेब्रुअरी २४ मा  रूसले युक्रेनमा विशेष सैन्य अपरेशन सुरु गर्‍यो जसलाई पश्चिमा देशहरूले अप्रत्याशित युद्धको संज्ञा दिएका छन् । एजेन्सी
 

शेयर गर्नुहोस:

351
Shares