मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण, रुससँगको वार्तामा युक्रेनको अडान कायमै

एक हजार बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण, रुससँगको वार्तामा युक्रेनको अडान कायमै


कि । एक हजार बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका छन् । सो कुराको पुष्टि रुसको रक्षा मन्त्रालयले बुधबार गरेको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । 
 
मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 
 
यसैबीच, रुसले युक्रेनमाथि गरेको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राखेका छन् । 
 
उनले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका हुन् । 
 
रुससँगको वार्ताका लागि युक्रेनद्वारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् । उनले मंगलबार ट्वीट गर्दै भनेका छन्– हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।
 
अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौतासमेत भङ्ग हुने त्रास रहेको पनि बताए । 
 
उनले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरुलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उनले बताएका छन् । एजेन्सी