मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जिप दुर्घटनामा तीन प्रहरीको मृत्यु, छ जना घाइते

जिप दुर्घटनामा तीन प्रहरीको मृत्यु, छ जना घाइते


खलढुङ्गा । ओखलढुङ्गामा बुधबार जिप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ । 
 
सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की, प्रहरी जवान मानिक राजवंशी र प्रहरी जवान रुपक विष्टको मृत्यु भएको हो । 
 
दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायव निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, हवल्दारद्वय विशाल श्रेष्ठ र भुपेन्द्र खनाल र सवारी चालक इलाम निवासी लीलाप्रसाद खनाल घाइते भएका छन् । 
 
गम्भीर घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए ।  
 
अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ ।