मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

युएस मार्सल आर्टसको बेल्ट टेस्ट सम्पन्न

युएस मार्सल आर्टसको बेल्ट टेस्ट सम्पन्न


क्यालिफोर्निया । सिलिकोन भ्याली क्यालिफोर्नियामा रहेका युएस मार्सल आर्टस् एण्ड मेडिटेसन एकेडेमीको बेल्ट टेस्ट सम्पन्न भएको छ। उक्त बेल्ट टेस्टमा १५ सहभागीहरूले भाग लिएका थिए ।  
 
युएस मारसियल आर्टस् एण्ड मेडिटेसन एकेडेमी, नेपाली मुलुकका तेक्वान्दो मास्टर प्रकाश थापाले सञ्चालन गरेका हुन् । उक्त कार्यक्रममा फ्रिमन्टको सिटी काउन्सिल मेम्बर टेरेसा केङ प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । यसैगरी उक्त कार्यक्रममा उत्कृष्ट आमाबाबुहरुलाई पनि पुरस्कारले सम्मानित गरिएको थियो । यस उत्कृष्ट पुरस्कार, मीना बस्नेत र एम महेश्वरीले जित्न सफल भए ।  
 
यसलगायत उक्त कार्यक्रमको कारणले बालमनोविज्ञानमा धेरै फाइदा हुने र बच्चाहरुको अनुशासनमा पनि वौद्धिक तथा शारीरिक क्रियाकलापमा धेरै नै परिवर्तन भएको कुरा उक्त कार्यक्रममा सहभागी आमाबाबुहरुले बताएका थिए । 
 
त्यस्तैगरी कार्यक्रमकी प्रमुख अतिथि सिटी काउन्सिल मेम्बर टेरेसा केङले मास्टर प्रकाश थापाको बारेमा बोल्दै मास्टर थापाले समाजमा गरेको योगदानको तारिफका साथै मास्टर थापा आफैँमा एक अनुशासित र मेहेनति मानव भएको पनि बताएका छन् ।